You are viewing the translated version of कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार.

Section 14
कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार
यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) परिषद्को निर्णय र निर्देशनहरू कार्यान्वयन गर्ने वा गराउने,

(ख) विश्वविद्यालयको वार्षिक बजेट र कार्यक्रम, प्रगति विवरण, लेखापरीक्षण प्रतिवेदन र अन्य प्रस्तावहरू तयार गरी स्वीकृतिको लागि परिषद्‌्मा_पेस गर्ने,

(ग) विश्वविद्यालयको कोष तथा चल, अचल सम्पत्तिको सञ्चालन, रेखदेख र संरक्षण गर्ने,

(घ) विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने स्कूलको सञ्चालन तथा नयाँ कार्यक्रम सञ्चालन गर्न परिषद्मा प्रस्ताव पेस गर्ने,

(ङ) अध्ययन शुल्क निर्धारण गर्ने,

(च) विश्वविद्यालयले प्रदान गर्ने शैक्षिक, अनुसन्धान तथा प्रकाशनको गुणस्तर सुनिश्चित गर्ने वा गराउने,

(छ) विश्वविद्यालयलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यकता अनुसार नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सहकारी तथा निजी क्षेत्रबीच समन्वय र सहकार्य गर्ने,

(ज) विश्वविद्यालयको काम कारबाहीका सम्बन्धमा आएका जनगुनासो सुनुवाइ गर्ने वा गराउने,

(झ) विश्वविद्यालयलाई आवश्यक पर्ने आर्थिक र भौतिक स्रोत जुटाउने, र

(न) परिषद्ले तोकेका अन्य कार्य गर्ने वा गराउने ।